Thursday, 20th August, 2026
वि.स.

एमाले थाहानगरको कार्यालय  उद्घाटन, युवा र महिलाको कार्यालय पनि सँगै

uml-thaha-ofc-1637583656.jpg

नेकपा एमाले थाहा नगर कमिटीको कार्यालय उद्घाटन गरिएको  छ । थाहा नगरपालिका–४, थानाबजारस्थित महालक्ष्मी विकास बैंक रहेको घरको माथिल्लो तलामा स्थापना गरिएको एमाले नगर कमिटीको कार्यालय एक कार्यक्रमबीच ६ मंसिरमा उद्घाटन गरिएको हो । 

एमाले थाहा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा अध्यक्ष अच्युत्तमप्रसाद ढकालले पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।  कार्यालय उद्घाटन गर्दै अध्यक्ष ढकालले गत १३ कात्तिकमा नगर अधिवेशनबाट आगामी ३ वर्षका लागि नयाँ कमिटी निर्वाचित भएपछि एमाले थाहानगर संस्थागत र संगठनात्मक विकासका लागि क्रियाशील हुन थालेको बताए । 

एमाले थाहा नगर कमिटीको कार्यालयसँगै राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ थाहा नगरको कार्यालय पनि उद्घाटन गरिएको छ । युवा संघका नगर अध्यक्ष प्रदिप भट्ट र महिला संघका नगर अध्यक्ष सुमित्रा केसीले आआफ्नो कार्यालयको साइनबोर्ड अनावरण गरेर उद्घाटन गरेका हुन् । 

कार्यालयसँगै सय जनाभन्दा बढी भेला गर्न सकिने हलसमेत रहेको एमाले थाहा नगर कमिटीका सदस्य रामराजा केसीले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०