Thursday, 20th August, 2026
वि.स.

एमाले थाहानगरको अध्यक्षमा ३ जनाको उमेद्वारी, सचिवमा नेगी सर्वसम्मत

Emale-1635602833.jpg

नेकपा एमाले थाहानगरको अध्यक्षमा ३ जनाको उमेद्वारी परेको छ । १३ कात्तिकमा पालुङ जेसीज हलमा भएको भैरहेको प्रथम नगर अधिवेशनमा अच्युतम प्रसाद ढकाल, गुप्त बहादुर कार्की र सुरेन्द्रमान प्रधानले अध्यक्षमा उमेद्वारी दर्ता गराएका हुन् ।

सचिवमा कुमार नेगी निर्विरोध भएका छन् । त्यसैगरी एक उपाध्यक्ष पदका लागि प्रेम बहादुर आलेमगर, हेम कुमार थिङ र रीतासिं ठकुरीको उमेद्वारी परेको छ । त्यसैगरी दुई उपसचिवको लागि भने सातजनाको उमेद्वारी परेको छ । 

नेकपा एमाले नगर कमिटिमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित ७५ सदस्य रहने विधानमा व्यवस्था छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०