Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले थाहाद्वारा मेयर र उपमेयर सहित सबै पदमा उमेदवारी दर्ता

33300f8ee3e4b7e45fe6d434a-1650887381.jpg

नेकपा एमालेले थाहा नगरपालिकाको मेयर र उपमेयर सहित वडा अध्यक्ष तथा सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएको छ ।

एमाले नगर ईञ्चार्ज विष्णुप्रसाद ढकालको प्रस्ताव र नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानको समर्थनमा अचुतमप्रसाद ढकालले थाहाको मेयरमा उमेदवारी दर्ता गराएका छन् ।

यसैगरी रिता ठकुरीको प्रस्ताव र उत्तम लामिछानेको समर्थनमा कल्पना बलामीले उपमेयरमा उमेदवारी दर्ता गराएकी छन् ।

सर्वदलीय बैठकमा सहमती अनुसार एमालेले र्‍याली र नाराजुलुस नगरि शान्तपूर्वक उमेदवारी दर्ता गराएको हो । उमेदवारी दर्ता गर्न प्रस्तावक र समर्थकहरुसहितको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय शिखरकोट पुगेका थिए ।

एमालेले अधिकांश वडामा युवा उमेदवारहरु खडा गरेका छ । १ नम्बर वडामा प्रदिप प्रधान, २ मा गुप्तबहादुर कार्की, ३ मा सुजन कुमार रायमाझी, ४ मा रामराजा केसी, ५ मा बिष्णु बहादुर गुरुङ र ६ मा मनहरि भट्टले वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गरेका छन् । यसैगरी वडा नम्बर ७ मा शम्भु बहादुर खत्री, ८ मा हेम थिङ, ९ मा रामकृष्ण बस्नेत, १० मा हिराबहादुर गमाल, ११ मा धनबहादुर गोले र १२ मा युवराज गोलेले उमेदवारी दर्ता गरेका छन् ।

सबै वडाहरुमा एक/एक दलित महिला सदस्य, एक/एक महिला सदस्य र २ सदस्यसहित कुल ६२ जनाले उमेदवारी दर्ता गराएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०