Saturday, 22nd August, 2026
वि.स.

भीमफेदीमा एमालेबाट विजयी सबै जनप्रतिनिधि एमालेमै, समाजवादी शुन्य

IMG_0933-1024x683-1630136340.jpg

मकवानपुरको भीमफेदी गाउँपालिकामा एमालेबाट बिजयी सबै जनप्रतिनिधिले विभाजनपछि बनेको नेकपा (एकिकृत समाजवादी)मा नलाग्ने जनाएका छन् ।

भीमफेदी गाउँपालिकामा एमालेबाट अध्यक्ष, उपाध्यक्ष, ६ जना वडा अध्यक्ष सहित ३४ जना जनप्रतिनिधिहरु रहेका छन् । जसमा दुईजना कार्यपालिकामा मनोनित समेत रहेका छन् ।  गाउँपालिका अध्यक्ष हिदम लामाले भीमफेदी गाउँपालिकाको सबै जनप्रतिनिधिहरु एमालेमै रहने र आफुहरुसँग समन्वय भैसकेको बताए ।

भीमफेदीमा एमाले फुटेर निर्माण भएको नेकपा (एकिकृत माजवादी) मा लाग्नेको संख्या शुन्य देखिएको भएपनि एकजना वडा सदस्यले भने आफु हालसम्म तटस्थ रहेको बताएका छन् । तर उनले आफु एमालेबाट बिजयी भएको भन्दै तुटफुटले चोट पुगेको र चाँडै आफु रहने स्थानबारे निष्कर्ष निकाल्ने बताए । उनले आफु हालसम्म एमालेकै विजयी उम्मेद्वारको हैसियतमा रहेको स्पष्ट पारे ।

भीमफेदी गाउँपालिकामा एमालेबाट विजयी अध्यक्ष लामा सहित उपाध्यक्ष पार्वती राना, वडा नंबर २,४,५,६,८,९ का वडा अध्यक्षहरु रहेका छन् । एमाले विजयी भएका सबै वडाहरुमा एमालेले सेटनै जितेको हो । खबरब्रेककाे सहयाेगमा



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif