nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमालेको १०औँ महाधिवेशनमा सुभाषचन्द्र ठकुरीद्वारा केन्द्रीय सदस्यको उमेदवारी घोषणा, यस्ता छन् उमेदवारीका आधारहरु

subhash-comrade-1637823894.jpg

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरका प्रभावशाली नेता सुवाषचन्द्र ठकुरीले खुल्ला तर्फको केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेका छन् । 

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् उमेदवारी घोषणा गर्दै ठकुरीले ‘हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको एतिहासिक १० औं राष्ट्रिय महाधिवेशनबाट खुल्ला तर्फको केन्द्रिय सदस्य पदमा आफ्नो अमुल्य मत दिई विजय गराउन हार्दिक अनुरोध गर्द्छु’ भन्दै प्रतिनिधिहरुबाट मत मागेका छन् । 

-पार्टी भुमिगत अबस्थामा २०३६/३७ बाट पार्टी सम्पर्कमा सक्रिय

-पार्टीको जि.क. सदस्य तथा ईलाका ईन्चार्ज

-पटक पटक मकवानपुर (क्षेत्र न. २)को क्षेत्रीय ईन्चार्ज

-पार्टी जिल्ला कमिटीको उपाध्यक्ष

-पार्टी केन्द्रिय विभाग सदस्य

-२०४९ साल बाट १० बर्ष गा.बि.स. अध्यक्ष

-हाल प्रदेश कमिटी सदस्य

-जिल्ला बिकास समितिको लेखा समिति अध्यक्ष

-२०७० दोस्रो संविधान सभा प्रत्येक्ष तर्फ मकवानपुर -२ बाट निर्वाचित सदस्य

-आपूर्ति तथा उपोभोक्ता हित सम्बन्ध संसदिय उपसमितीको संयोजक

- महत्त्वपूर्ण पुर्वाधार बिकासमा निरन्तर सक्रिय

एमालेले निर्वाचन प्रक्रियामा पर्चा तथा पम्पलेट निषेध गरेको सन्दर्भमा ठकुरीको उमेदवारी अहिले सोसल मिडियाहरुमा व्यापकरुपमा प्रचारित छ ।  

दलविहिन पञ्चायती व्यवस्थामा २०३६ सालबाट भूमिगत राजनीति शुरु गरेका ठकुरी त्यसयता निरन्तर पार्टी राजनीति र विकासका पूर्वाधार निर्माणमा जनताका बीच सक्रिय रहँदै आएका छन् । 
पार्टीको जिल्ला कमिटी सदस्य, इलाका इन्चार्ज, क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी उपाध्यक्ष हुँदै केन्द्रीय विभागका सदस्य भई कार्य गरिसकेका ठकुरी हाल प्रदेश कमिटी सदस्यको रुपमा क्रियाशील छन् । 

हालसम्म नेकपा एमालेमा रहेर जनताको बिचमा गरेको योगदान नै केन्द्रिय सदस्यको उम्मेदवारी मेरो मुख्य आधार हो

ठकुरी वि.सं. २०४९ सालदेखि लगातार १० बर्ष तत्कालीन सिस्नेरी गाविस अध्यक्ष हुँदै २०७० को संविधान सभा निर्वाचनमा नेकपा माओबादी केन्द्रका केन्द्रीय नेता नारायण काजी श्रेष्ठ र नेपाली काङ्ग्रेसका बलियो उम्मेदवार जयराम लामिछानेलाई पराजित गर्दै संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 

संविधान सभा सदस्य कालमै ठकुरीले आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध संसदीय उपसमितिको संयोजकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । गाविस अध्यक्ष हुँदा नै ठकुरी तत्कालीन जिल्ला विकास समिति लेखा समितिको अध्यक्ष समेत रही कार्य गरेका थिए । 
ठकुरी कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक निर्माणको अगुवाई गरी हेटौंडा–काठमाडौंलाई छोटो मार्ग बनाउने अभियानका अभियन्तासमेत हुन् । विभिन्न भौतिक पूर्वाधार विकासको अभियानमा सक्रिय ठकुरीकै अगुवाइमा हाल चन्द्रागिरी–थानकोट मार्गको निर्माण कार्य अघि बढिरहेको छ । लामो समयदेखि बिभिन्न बहानामा निर्माण अलपत्र रहेको सो मार्गको निर्माण सहजीकरणमा ठकुरीले अगुवाइ गरेपछि अहिले चमत्कारिक ढंगले काम अघि बढेर पहिलो चरणको काम सम्पन्न हुने अवस्थामा पुगेको छ । 

पार्टी सिद्धान्त, कार्यदिशा र रणनीतिक योजनामा सदैव अडिग र क्रियाशील ठकुरीले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा आफू बलियो उमेदवार रहेको दावी गरेका छन् । ‘हालसम्म नेकपा एमालेमा रहेर जनताको बिचमा गरेको योगदान नै केन्द्रिय सदस्यको उम्मेदवारी मेरो मुख्य आधार हो’ उनले भनेका छन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

subhash-comrade-1637823897.jpg