nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले सचिव योगेश भट्टराई थाहानगरमा

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई थाहानगर आइपुगेका छन् ।

नेकपा एमाले थाहानगर कमिटीको आयोजनामा हिन्दुहरुको महान पर्व दीपावली, नेपाल संवत् ११३७ र छठ पर्वको अवसरमा शुभकामना आदार्न प्रदान कार्यक्रममा सहभागी हुन सचिव भट्टराई थाहानगर आएका हुन् । 

१३ कात्तिकमा आयोजित शुभकामना तथा चियापन कार्यक्रम थाहानगरको जेसीज सभाहलमा विहान ११ बजेबाट संचालन हुने नेकपा एमाले थाहानगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकालले  जानकारी दिए । शुभकामना कार्यक्रमको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो थाहा महोत्सवको अवसरमा थाहानगरको नव क्षितिज कला केन्द्रलाई प्रदान गर्ने प्रतिबद्धता भएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ । 

शुभकामना कार्यक्रममा सहभागी हुनका लागि एमाले थाहा नगर कमिटि अध्यक्ष ढकालले सबैलाई अनुरोध गरेका छन् ।  
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)