Thursday, 20th August, 2026
वि.स.

एमालेकाे जिल्ला अधिवेशनका लागि थाहानगरकाे १२ वटै वडाबाट प्रतिनिधि चयन, थाहानगरबाट ६४ जना सहभागी हुने

IMG_20211231_162000-1640946987.jpg

नेकपा एमालेकाे २३ र २४ पुसमा हेटाैँडामा हुने एघारौं जिल्ला अधिवेशनका लागि थाहानगरकाे १२ वटै वडाबाट प्रतिनिधि चयन भएका छन् । 

थाहानगरकाे १२ वटै वडाबाट १६ पुसमा एकैदिन जिल्ला अधिवेशन प्रतिनिधि सर्वसम्मतरुपमा चयन गरिएकाे एमाले थाहाका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले जानकारी  दिए । प्रतिनिधि चयनका लागि जिल्ला कमिटी सदस्यहरु र नगर कमिटीका सदस्यहरुले सहजीकरण गरेका थिए । 

८५२ जना पार्टी संगठित  सदस्य रहेकाे थाहानगरबाट भूगाेल क्षेत्रबाट ११ महिलासहित ३८ जना र दलित क्षेत्रबाट २ जना गरी ४० जना प्रतिनिधि छनाेट भएका छन् । आयाेजक कमिटी सदस्य २३ जना र प्रतिनिधि १ जनासहित थाहानगरबाट कम्तिमा ६४ जनाले जिल्ला अधिवेशनमा भाग लिनेछन् । 

एमालेकाे १६ पुसमा बसेकाे थाहा नगर कमिटी सचिवालय बैठकले वडाबाट छनाेट भएका प्रतिनिधिहरुकाे नामावली प्रमाणित गरेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०