Sunday, 30th August, 2026
वि.स.

एमसीसी खारेजीको माग गर्दै 'विप्लव' माओवादीद्वारा प्रदर्शन

MCC-1591235695.png

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले हेटौंडामा प्रदर्शन गरेको छ । 

नेकपालेले हेटौंडा १५ गौरीटारमा प्रदर्शन सहित प्रधानमन्त्री केपी शर्मा वलीको पुत्ला समेत दहन गरेको जनाएको छ । सो अवसरमा जिल्ला सेक्रेटरी पासाङले अायोजित कोणसभामा बोलेका थिए । उनले राष्ट्रलाई ठूलो असर पुग्ने खालको एमसीसी कुनै पनि हालतमा सम्झौता नहुने बताएका थिए ।

यसैबीच मकवानपुरको बकैयामा पनि प्रदर्शनसहित पुत्ला दहन गरिएको सेक्रेटरी पासाङले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०