Sunday, 23rd August, 2026
वि.स.

एकैदिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

12345-1596711555.jpg

इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो ।

हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ ।

त्यस्तै १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो ।  कारोना फोकल पर्सन बरालका अनुसार इलाममा समुदायमा कोरोना नफैलिएकाले ढुक्क हुन सर्वसाधारणलाई उनले आग्रहसमेत गरे । रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०