nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उपाधि जनकल्याणकै पोल्टामा [हेर्नुहोस पदक तालिका सहित]

स्थानीय तह स्तरीय तेस्रो ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को उपाधि थाहा नगरपालिका वडा नम्बर ३ को जनकल्याण माविले हात पारेको छ । जनकल्याणले १७ स्वर्णसहित थाहानगरका १४ विद्यालयलाई उछिन्दै उपाधि हासिल गरेको हो । प्रतियोगितामा जनकल्याणले १७ स्वर्ण, १२ रजत र ८ काश्य पदक पाएको छ । जनकल्याणले उपाधि हासिल गरेसंगै नगद २५ हजार शिल्ड मेडल तथा प्रमाणपत्र पाएको हो । यससंगै साविक विजेता जनकल्याणले राष्ट्रपति रनिङ शिल्ड आफ्नै बनाएको छ । यस विद्यालयले लगातार तीन वर्षसम्म प्रतियोगिता जितेको हो । 

प्रथम पुरस्कार ग्रहण गर्दै जनकल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक र खेलाडी विद्यार्थीहरु ।प्रतियोगितामा बज्रवाराही मावि द्वितीय भएको छ । बज्रवाराही माविले ४ स्वर्ण, १ रजत र २ काश्य पाउन सफल भएको छ । यससंगै बज्रवाराही माविले नगद १५ हजार, मेडल तथा प्रमाण पत्र पाएको छ । थाहा–११ टिष्टुङको बागेश्वरी मावि तृतीय भएको छ । बागेश्वरीले ३ स्वर्ण, ७ रजत र ३ काश्य पदक हात पारेको छ । 

बागेश्वरीले नगद १० हजार मेडल तथा प्रमाणपत्र पाएको हो । त्यस्तै नाटेश्वर माविले ३ स्वर्ण, ३ रजत र १ काश्य पाएको छ भने पालुङको मत्स्यनारायण माविले २ स्वर्ण ४ रजत र ३ काश्य पदक पाएको आयोजक विद्यालयमा प्रधानाध्यापक कृष्ण प्रसाद लामिछानेले जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत भएको मेयरकप छात्रा भलिबल प्रतियोगितामा जनकल्याण माविले स्वणर््ा पदक पाएको छ । स्वर्ण पदक पाएसंगै जनकल्याणले नगद १५ हजार, मेडल तथा प्रमाणपत्र पाएको छ भने प्रतियोगितामा रजत पदक पाउन सफल मत्स्यनारायण माविले नगद १० हजार, मेडल र प्रमाणपत्र पाएको छ । काश्य पदक पाएको बज्रवाराही माविले नगद ५ हजार मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै मेयरकप छात्र भलिबलमा बज्रवाराही माविलाई स्वर्ण, सुन्दरी देवी माविले रजत र स्वच्छन्द भैरव मावि चित्लाङले काश्य पदक पाएको छ । विजेताहरुले क्रमशः नगद १५, १० र ५ हजार तथा मेडल र प्रमाणपत्र पाएका छन् । छात्रा कबड्डी प्रतियोगितामा जनकल्याण माविले स्वर्ण, मत्स्यनारायण माविले रजत र झम्केश्री मावि तथा सुनौला माविले काश्य पदक पाए । छात्रतर्फ बज्रवाराही माविले सवर्ण, बागेश्वरी माविले रजत र तथा जनकल्याण र सुनौला माविले काश्य पदक पाए ।  

त्यसैगरी एथ्लेटिक्स तर्फ छात्र र छात्रा समेत गरी जनकल्यण माविलाई १४ स्वर्ण, ८ रजत र ७ काश्य हात    पारेको छ । बागेश्वरी माहविले ३ स्वर्ण, ६ रजत र ३ काश्य हात पार्यो भने नाटेश्वर माविले ३ स्वर्ण, २ रजत र १ काश्य हात पारेको छ । मत्स्यनारायण माविले २ स्वर्ण, २ रजत र १ काश्य जित्न सफल भएको छ । सुन्दरीदेवी मविले २ स्वर्ण, र ६ काश्य हात पारेको छ । सुनौला माविले १ स्वर्ण, ३ रजत र २ काश्य पायो भने हिमालयान बोर्डिङ स्कूलले १ स्वर्ण १ रजन र २ काश्य पदक प्राप्त गर्न सफल भएको छ । एथ्लेटिक्स प्रतियोगितामा सहभागी अन्य इन्द्रायणी मावि आग्रा, बज्रवाराही मावि, झम्केश्वरी मावि, पालुङ भ्याली हार्ट, सरस्वती विद्यामन्दिर, सरस्वती मावि, इअन एकेडेमी र स्वच्छन्द भैरव माविले एउटा पनि स्वर्ण पदक हासिल गर्न सफल नभएको आयोजक विद्यालयका शिक्षक राम महर्जनले जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत भएको पहिलो प्रतियोगिता पिच मार्चपासमा आयोजक विद्यालय सुनौला माविले स्वर्ण पदक पाएको छ । त्यस्तै नाटेश्वर मावि टौखेलले रजत र बागेश्वरी मावि टिष्टुङले काश्य पदक हात पारेको छ । यस प्रतियोगितामा १५ वटै विद्यालयले भाग लिएका थिए । मार्सल आर्टतर्फ बज्रवाराही माविले २ स्वर्ण मात्र प्राप्त गर्यो भने जनकल्याण माविले १ स्वर्ण, र ४ रजत प्राप्त गरेको थियो ।  इअन एकेडेमीले १ स्वर्ण र २ काश्य पदक हात परेको थियो भने सरस्वती विद्या मन्दिरले १ स्वर्ण र नाटेश्वर माविले १ रजत मात्र प्राप्त गरेको थियो । 

साविक जनकल्यण माविले व्यवस्थापन गर्दै आएको प्रतियोगिता यसवर्ष सुनौला मावि बज्रवाराहीले व्यवस्थापन गरेको हो । पहिलो पटक आयोजना गरिएको प्रतियोगिता उत्साहपूर्ण रुपमा समापन भएको आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद गोपालीले प्रतिक्रिया दिए । बज्रवाराहीमा तीनदिनसम्म संचालन भएको प्रतियोगिता "खेल महोत्सव"कै रुपमा उत्साहकासाथ समापन गरिएको गोपालीले बताए । प्रतियोगिता सफलताकासाथ समापन गर्नका लागि सहयोग गर्ने विभिन्न विद्यालय, राजनीतिक दल, संघसंस्था, शिक्षक विद्यार्थी तथा आम नगरबासीप्रति गोपालीले आभार व्यक्त गरे । 

प्रतियोगिताका विजयीहरुलाई थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा थाहानगर क्षेत्रका राजनितिक दलका प्रमुख तथा प्रतिनीधिहरु, संघसंसथाका प्रमुख तथा प्रतिनीधिहरु, । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरको समेत सहभागिता रहेको थियो ।  कार्यक्रमको अवसरमा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने निकायहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, प्रशिक्षकहरु लगायतलाई कदरपत्र दिइएको थियो । कार्यक्रम थाहानगर खेलकुद विकास समितिका संयोजक राजेश केसीको सभाध्यक्षतामा भएको थियो । 

कस्को कति पदक ? हेर्नुहोस विस्तृत विवरणः

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)