Saturday, 15th August, 2026
वि.स.

इन्द्रसरोवर ४ को वडा स्तरीय गाउँपालिका प्रमुख रनिङ शिल्ड कपको उपाधी नव लालिमाको पोल्टामा

62224079_2361986907402576-1560307815.jpg

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा नं ४ मा सञ्चालित वडा स्तरीय गाउँपालिका प्रमुख रनिङ शिल्ड कप फुटवल प्रतियोगिता सम्पन्न भएको छ । इन्द्रसरोवर गाँउपालिकाको आर्थिक सहयोग र यूवा तथा खेलकुद विकास समिति वडा नं ४ को आयोजनामा सञ्चालित खेल हिजो मंगलबार सकिएको हो । 


हिजो भएको फाइनल खेलमा नव लालिमा यूवा क्लव र लिटल स्टार यूवा क्लब बिच खेल भएको थियो ।  प्रतिस्पर्धात्मक खेलमा नव लालिमा यूवा क्लव र लिटल स्टार यूवा क्लबले ३–३ गोलले बराबरको अवस्थामा पुगेपछि अन्तमा पेनाल्टी सुट आउटमा नव लालिमा यूवा क्लबले ४ को विरूद्ध ५ गोलले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।


प्रतियोगितामा सहभागी भएका सम्पूर्ण खेलाडीहरू निकट भविष्यमा हुन गईरहेको दोस्रो गाउँपालिका प्रमुख रनिङ शिल्ड कप प्रतियोगिताको लागि तयारी अवस्थामा रहनको लागि अनुरोध गरिएको छ ।

 

तस्विरः– राजु थोकरको फेसबुकबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif