Monday, 24th August, 2026
वि.स.

इन्द्रसरोवरमा माटोको ढिस्को खस्दा घर पुरियो

Pahilo-1595238288.jpg

मकवानपुरको इन्द्रसरोवर ४ फाखेल राकसखोलामा शनिबार देखिको अबिरल बर्षाका कारण घर पछाडिको ढिस्को भत्किएर एक घर पुरिएको छ । स्थानीय दिपककुमार मोक्तानको घर सोमबार बिहान करीब ८ बजेको समयमा ढिस्कोले पुरिएको प्रहरी चौकी फाखेलका इन्चार्ज भरत कुर्मीले जानकारी दिएका छन् । 

माटोको ढिस्को घरभित्र छिरे पछि मोक्तान परिवारको बिचल्ली भएको स्थानीयले बताएका छ्न् ।  हाल मोक्तान परिवार छिमेकीको घरमा शरण लिएर बसिरहेको छ । नेपाल रेडक्रस सोसाइटी फाखेल उपशाखा, स्थानीय सहकारीहरू वडा कार्यालय लगायतका संघसंस्था राहतका लागि पुगिसकेको छ  ।

एक छोरा सहितको मोक्तान परिवार लामो समय देखि सिलाई कटाईको ब्यवसाय गर्दै आएका थिए । केही लत्ताकपडा, आधा तोला भन्दा बढी सुन, बीस हजार नगद र भाडाकुडा पुरिएको पिडितले बताएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif