Monday, 31st August, 2026
वि.स.

इन्द्रसरोवरका बाढीपहिरो पीडितलाई कांग्रेसको सहयोग

इन्द्रसरोबर गाउँपालिकाका बाढीपहिरो पीडितलाई नेपाली कांग्रेस मकवानपुरले बिहिवार खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । 
असार मसान्तमा परेको अविरल वर्षातका कारण बाढीपहिरोको पिडामा परेको १ सय ६१ पीडित घरपरिवारलाई नेपाली कांग्रेस मकवानपुरको संयोजनमा राहत स्वरूप खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो । 
नेपाली कांग्रेसको इन्द्रसरोबर गाउँपालिका संयोजक जमान सिं वाईबाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा राहत वितरण  भएको थियो । 
गाउँपालिकाको ५ वटै वडाका पूर्ण क्षति र आंशिक क्षति भएका १ सय ६१ घरपरिवारका पीडितहरुलाई एकबोरा चामल, त्रिपाल, दाल, नुन, तेल , सिरक डसना, लत्ताकपडा, भाडाकुडा लगायतका सामाग्रीहरु प्रदान गरिएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०