nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आमाकाे हत्या आराेपमा थाहाका मिलन पक्राउ

arrest-1024x682-1711971316.jpg

आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले आइतबार मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नं.१० तल्लो बिसिङ्गखेल बस्ने २६ वर्षीय मिलन गमाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मिलनलाई आफ्नै आमा ज्ञानीमाया गमालको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

४७ वर्षीया ज्ञानीमाया गत फागुन ३० गते आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनी घरको ढोका भित्रबाट चुकुल लगाई बन्द अवस्थामा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् ।
मृतक ज्ञानमायाको शव मुचुल्का उठाई पोष्टमार्टमको लागि फोरेन्सिक मेडिसिन बिभाग त्रिभुवन शिक्षण अस्पताल महाराजगँञ्ज काठमाडौं लागिएको थियो । शव परीक्षण रिपोटमा उनको हत्या भएको खुल्न आएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा काठमाडौं बस्दै आएका मृतक ज्ञानमायाको छोरा मिलन फागुन २९ गते काठमाडौंबाट भारतमा रोजगारीको लागि जान्छु भनि हिडेका थिए ।

उनी सो तर्फ नगई मदिरा सेवन गरी बेलुकी गाँउघरमा छर छिमेकीहरु सुतिसके पश्चात घरमा आई आमाको घाँटी थिची हत्या गरेर भोलिपल्ट बिहानै आमाको मोबाईल समेत लिई झ्यालबाट बाहिर निस्की फरार रहेको खुल्न आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

फरार उनको खोजतलासको क्रममा काठमाडौंमा लुकीछिपी बसेको अवस्थामा मिलनलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

मिलनलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक कारबार्ही प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)