Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आफ्नो जन्म दिनमा ज्येष्ठ नागरिकलाई गणेशले दिए ‘लौरो उपहार’ 

गणेश विष्ट फोटो पत्रकार हुन् । विष्ट विकास खबरपत्रिका र थाहा टाइम्समा आवद्ध छन् । थाहा नगरपालिका वडा नम्बर ३ घर भएका विष्ट पर्यटन प्रवद्र्धनमा रुची राख्छन् । पालुङ जेसीज वर्ष २०२१ को त उनी, पर्यटन संयोजक नै हुन् । गणेश विष्टको २८ चैतमा जन्म दिन । जन्म दिनको अवसरमा गणेशले न त ठूला पाटी नै गरे न त अन्य तडक भडकका कार्यक्रमहरुहरु नै । सामाजिक सेवामा पनि उत्तिकै लाग्ने विष्टले आफ्नो जन्मदिन ज्येष्ठ नागरिकहरुसंग मनाउने निधो गरे । 

आफ्नो जन्मदिन आउनु अघि नै ज्येष्ठ नागरिकहरुका लागि लौरो किनेर ल्याए । विष्टले सम्झे–‘ज्येष्ठ नागरिकहरुका लागि नजिकको सारथि लौरो नै हो, उनीहरुको टेको हो ।’ ओल्लो–पल्लो घर जान आउन होस् या तिर्थजात्रा जान वा पिढीबाट ओछ्यानमै पुग्न पनि लौरो ज्योष्ठ नागरिकको साहरा हो । यहि सम्झेर गणेशले आफ्नो जन्म दिनको अवसरमा लौरो उपहार दिने पक्का गरेका हुन् । उनी भन्छन्–‘ज्योष्ठ नागरिकलाई लौरोले दिने जत्ति साहरा परिवारका सदस्यले दिएमा उनीहरुको जीवन काफी हुन्छ ।’ २८ चैतमा विष्टले थाहा नगरपालिका वडा नम्बर ३ चौकी भन्ज्याङमा रहेको सीताराम ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका ज्येष्ठ नागरिकहरुसंग जन्म दिन मनाए । उनले सोचे जस्तै ज्येष्ठ नागरिकहरुलाई पालैपालो नाम बोलाउँदै लौरो बाँडे । समाजमा सकारात्मक सन्देश दिनका लागि पनि यस किसिमको कार्यक्रम गरी ज्येष्ठ नागरिक सामु आफ्नो जन्म दिन मनाएको विष्ट बताउँछन् । उनले ज्येष्ठ नागरिकहरुलाई लौरो मात्र बाँडेनन् । सामुहिक रुपमा ‘केक काटेर’ बुढा पाकालाई चखाए । उनीहरुको चेहेरा उज्यालो बनाए । 

उनी आवद्ध पालुङ जेसीजमा त एकजना ‘बर्थ डे’ संयोजक नै छन् । उनी हुन् अन्जय प्रधान । जेसीज सदस्यहरु जो कसैको जन्मदिन परे पनि उनले सामाजिक उत्तरदायित्व बहन हुने कार्यक्रम तर्जुमा गरिहाल्छन् । ‘बर्थ डे’ पर्ने व्यक्तिले कार्यक्रमका लागि आवश्यक सामाग्री जोरजम्मा गर्छन्, पालुङ जेसीजले कार्यक्रमको संयोजन गर्छ । कार्यक्रमको सबै तारतम्य ‘बर्थ डे’ संयोजकले मिलाउँछन् अरु सदस्यहरुले पद अनुसारको भूमिकामा काम गर्छन् । यो, पालुङ जेसीजको ‘कल्चर’ नै भैसकेको छ । यसखाले कार्यक्रमले युवाहरुलाई सामाजिक काममा उप्रेरित गरेको पालुङ जेसीज वर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीले बताए । 

विष्टको जन्मदिन बुढापाकासंग मनाएकोमा पालुङ वर्ष २००६ का अध्यक्ष रामप्रसाद ढकालले खुसी व्यक्त गरे । हेर्दा सामान्य लागे पनि ज्येष्ठ नागरिकलाई उपहार दिएको लौरोको ठूलो महत्व रहेको ढकालको भनाइ थियो ।  

पालुङ जेसीज वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष सुशान्त गोपालीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमका अतिथीहरुलाई वर्ष २०२१ का उपाध्यक्ष संजय गोपालीले स्वागत गरेका थिए । उक्त कार्यक्रममा वर्ष २००३ शाखा अध्यक्ष पुरुषोत्तम कार्की वर्ष २०२० का अध्यक्ष मनोज रायमाझी, वर्ष २०२१ का उपाध्यक्ष माधव कार्की, अध्यक्ष सल्लाहकार जयराम खत्री, महासचिव संगम कार्की, सचिव स्मिता विष्ट, क्षेत्र 'ख' संयोजक दीपा बल, सूचना तथा प्रविधि संयोजक पशुपति विष्ट, खेलकुद संयोजक सोदिप बस्नेत, बाबुलाल कार्की, सुरजकुमार भुजेल, दिवा सेवा केन्द्रका ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०