Sunday, 23rd August, 2026
वि.स.

आधा किलो सुनसहित एक जना पक्राउ

gold1-1601629420.jpg

कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो ।

लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका–७ बनकसियामा गुप्ताको साथबाट आधा किलो सुन बरामद गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । गुप्ताले कम्मरमा बाँधेको नीलो रङको थैलीभित्र २४ क्यारेट सुन ४३ तोला, १८ क्यारेट सुनको सिक्री एक तोला ४७ लाल, १८ क्यारेट सुनको औँठी बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । 

सुनको बजार मूल्य रु ४२ लाख तीन हजार ९६ रहेको प्रहरीको भनाइ छ । गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।रासस
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif