Sunday, 23rd August, 2026
वि.स.

आज पनि घट्यो सुनचाँदीको भाउ

gold1-1600930599.jpg

नेपाली बजारमा केहि दिनयता सुनचाँदीको भाउ लगातार ओरोलो लागिरहेको छ । आज (बिहीबार) पनि बजारमा सुनचाँदीको भाउ घटेको छ ।

आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif