Sunday, 23rd August, 2026
वि.स.

आजबाट हेटौँडामा निशुल्क खाना

khaana-1599634086.jpg

बुधबार आजबाट हेटौँडामा निशुल्क खानाको ब्यवस्था हुने भएको छ । परशुराम स्मृति प्रतिष्ठान तथा मकवानपुर जिल्ला फुटबल संघको संयुक्त आयोजनमा बुधबारबाट हेटौँडाको हुप्रचौरमा निशुल्क खाना खुवाउने ब्यवस्था हुने भएको हो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण लकडाउन, निषेधज्ञा लगाएतको समस्याले मारमा परेका मजदुर वर्गको लागि कार्यक्रम गर्न लागिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।

लामाको अनुसार आजबाट हुने कार्यक्रममा विहान १० बजेबाट २ बजेसम्म हुप्राचौर परिषरमा खाना खुवाईने ब्यवस्था गरिएको छ । कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने समेत लामाको भनाई रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif