Monday, 24th August, 2026
वि.स.

अब हेटौंँडाबाटै कोभिड-१९ को परीक्षण

bagamati-1585547545.jpg

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले १७ चैत देखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस( कोभिड १९) परीक्षण हुने बताएका छन् । मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताए ।

उनले त्यहीँ स्वाब संकलन गरेर त्यहीं परीक्षण गर्ने र संक्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिएको बताए । मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटौंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गरे । संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेशन कक्ष निर्माण गरिएको छ ।

मन्त्री दुलालले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गरे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०