Sunday, 16th August, 2026
वि.स.

आग्रालाई थाहामा गाभ्ने प्रस्ताव उल्ट्याउन आन्दोलन  

मकवानपुरको आग्रा, गोगने र डाँडाखर्कलाई छुट्टै गाउँपालिका बनाउन राज्य पुर्नसंरचना आयोग समक्ष माग गर्ने निर्णय भएको छ । आग्रा गाविसलाई छिमेकी थाहा नगरपालिकामा गाभ्ने प्रस्ताव भएपछि संघर्ष समिति नै गठन गरी आग्राको डाँडाबासमा स्थानीयहरुले ४ मंसीरमा सडक अवरोध समेत गरेका थिए ।

आग्राको मोरियामा रहेको बर्थिङ सेन्टर उद्घाटन गर्न गएका सांसद तथा अन्य संघस.स्थाका प्रतिनिधिहरुले डाँडाबासमा अवरोध पु¥याएपछि भएको छलफलबाट आग्रा, गोगने र डाँडाखर्क गाभेर बैकुण्ठ गाउँपालिका बनाउन केन्द्रमा प्रस्ताव गर्ने निर्णय भएको हो । मकवानपुर–४ का सांसद राजाराम स्याङ्तान र मकवानपुरका अर्का समानुपातिक तर्फका सांसद महालक्ष्मी डिना उपाध्यायायको उपस्थितीमा यस्तो निर्णय भएको हो ।

बैठकले गाउँपालिकाको केन्द्र डाँडाबासमा राख्न केन्द्रमा प्रस्ताव गर्ने निर्णय गरेको छ । बैठक संघर्ष समितिका संयोजक बिर्जुलाल थिङको अध्यक्षतामा भएको थियो । 

हेर्नुहोस् निर्णय..

-सानोबाबु मोक्तान/विकासखबर



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०