Saturday, 22nd August, 2026
वि.स.

अष्टलक्ष्मी दलको नेता चयन, आजै मुख्यमन्त्री परिवर्तन

asta-laxmi-dormani-1629284028.jpg

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आजै राजीनामा दिने भएका छन् । संसदीय दलको नेतामा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी शाक्य सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक दीपक निरौलाले बताए ।

डोरमणी अन्तिम क्याबिनेट बैठकका लागि मुख्यमन्त्री कार्यालयमा गएका छन् र त्यसपछि प्रदेश प्रमुखसमक्ष राजीनामा दिनेछन् । आजै अष्टलक्ष्मी शाक्य वागमतीको मुख्यमन्त्री नियुक्त हुने निरौलाले बताए ।

सपथग्रहण भने भोलि हुनेछ । एमालेले दलको नेता परिवर्तनको सूचना प्रदेश प्रमुखको कार्यालयलाई दिएको छ । एमाले दलको बैठकमा तीन चारजनाबाहेक सबै सांसद उपस्थित भएको निरौलाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif