nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

अष्टमान स्मृति कप फुटबलको उपाधि बाइरोडलाई

Game-1605500231.jpg

मकवानपुर थाहानगरको टिस्टुङमा जारी प्रथम अष्टमान बल स्मृति फुटबल कप–२०७७ को उपाधि धादिङको बाइरोड युवा क्लबले जितेको छ । ३० कार्तिकमा थाहा नगरपालिका–११ खुकुरी खेल मैदानमा भएको फाइनल खेलमा मकवानपुरकोे डाँडाबास युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै धादिङको बाइरोड युवा क्लबले उपाधि हात पारेको हो । 

प्रतियोगितामा थाहा नगरपालिका चल्तीको चन्द्रसूर्य युवा क्लब तेस्रो भयो ।सेमीफाइनल खेलमा डाँडाबास युवा क्लब चन्द्रसूर्य युवा क्लबलाई ४–० र बाइरोड युवा क्लब राम्चे युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेका थिए । प्रतियोगिता २१ कात्तिकबाट शुरू भएकाे हो ।

एक कार्यक्रमका बीच प्रतियोगिताको समापन गरी विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विजेता बाइरोड युवा क्लबले रु. ४० हजार नगदसहित, मेडल र सिल्ड प्राप्त ग¥यो भने दोस्रो हुने डाँडाबास युवा क्लबले रु. २५ हजार नगद, मेडल र सिल्ड प्राप्त गरेको आयोजक सिर्जनशील टोल विकास संस्थाले जनाएको छ । त्यसैगरी तेस्रो हुने क्लबलाई नगद रु. १५ हजार प्रदान गरिएको छ । समापन कार्यक्रममा उत्कृष्ट खेलाडी बिवेक लामा, उत्कृष्ट गोल रक्षक महेन्द्र तामाङ, उत्कृष्ट डिफेण्डर दिपेश थिङ र सर्वाधिक गोलकर्ता साइराम गिरीलाई उत्कृष्ट कप प्रदान गरिएको थियो ।

कार्यक्रममा थाहा–११ का वडा अध्यक्ष किरणमान बल, १२ का वडा अध्यक्ष मानबहादुर स्याङ्तान, १ का वडा अध्यक्ष हेरमान गोपाली, ५ का वडा अध्यक्ष बिष्णुबहादुर गुरुङ लगायतले शुभ दिपावलीको शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)