Monday, 31st August, 2026
वि.स.

अब प्रदेश ३ मा कर्मचारी भर्ना गर्ने बाटो खुल्यो !

प्रदेश ३ को प्रदेशसभाले लोक सेवा आयोग सम्बन्धी विधेयक पारित गरेको छ।

मंगलबार बसेको बैठकले ‘प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको हो। विधेयक पारित भएसँगै प्रदेश सरकारले अब आयोगमार्फत कर्मचारी भर्ना गर्न सक्नेछ।

प्रदेश लोकसेवा आयोग गठन नहुँदा कर्मचारी भर्ना गर्न संघीय सरकारको मुख ताक्नुपर्ने बाध्यता थियो। विधेयक पारित भएपछि अब प्रदेश सरकारले लोकसेवा आयोग गठन गरेर प्रदेश निजामती सेवा, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकार सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान ब्युरो, प्रदेश संगठित संस्थाको सेवा तथा स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा कर्मचारी छनोट गर्नसक्ने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए। 

प्रदेश सरकारले गठन गर्ने आयोगमा कम्तिमा १ महिला सहभागी हुनेछन्। आयोग तीन सदस्य हुनेछ। आयोगको अध्यक्ष र सदस्यको नियुक्तिको लागि मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहेको समितिले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने प्रावधान राखिएकोे छ।   



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०