Sunday, 23rd August, 2026
वि.स.

अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्न पाउने

test-1592143432.jpg

अबदेखि सरकारले निजी ल्याब र अस्पताललाई पनि कोरोना परीक्षण गर्ने अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमा प्राइभेट ल्याबलाई पनि कोरोना परीक्षण गर्न दिइने जानकारी गराएका हुन्।

"अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि स्वाब नमूना जाँच्न दिने व्यवस्था गरिएको छ," पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले भने, "यसका लागि लाग्ने खर्च नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ।"

त्यसैगरी सरकारले विदेश जानुपर्नेका लागि भिसा वा निरोगिताको प्रमाणपत्रका लागि आवश्यक पर्दा गरिने नमूना संकलन र परीक्षणका लागि तीनवटा सरकारी अस्पताललाई जिम्मेवारी दिएको छ।

वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याबबाट उक्त सुविधा लिन सकिने छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०