Wednesday, 26th August, 2026
वि.स.

अन्तिम नतिजा प्रकाशनमा पनि विकास खबरपत्रिका ‘क’ वर्गमा 

प्रेस काउन्सिले नेपालले पत्रपत्रिकाको पुनरावलोकन सहितको पत्रपत्रिकाको आर्थिक वर्ष २०७४÷०७५ को वर्गिकरणको अन्तिम नतिजा प्रकाशन गरेको छ । 

वर्गिकरण नतिजा अनुसार मकवानपुरको थाहा नगरपालिकाबाट प्रकाशित हुँदै आएको विकास खबरपत्रिका साप्ताहिक ‘क’ वर्गामा परेको छ । विकाससहित मकवानपुरका जम्मा ६ वटा पत्रिका मात्र ‘क’ वर्गमा परेको छ । मकवानपुरको सही खबर साप्ताहिक, हेटौंडा सन्देश दैनिक, साझाकुरा दैनिक, हाम्रो मातृभूमि त्रैमासिक र अक्षय अक्षर त्रैमासिक ‘क’ वर्गमा परेका हुन् । 
मकवानपुरमा एकयि भन्दा बढि पत्रपत्रिका दर्ता भएको भएपनि २३ वटा पत्रपत्रिका मात्र वर्गिकरणमा समावेश भएका छन् । 

यसअघि नतिजाउपर चित्त नबुझ्नेहरूबाट आधार प्रमाणसहित पुनरावलोकनको निवेदन दिन सकिने व्यवस्थाअनुसार प्रक्रियामा सामेल भएका ३७३ पत्रपत्रिकाको हकमा पुनः अध्ययन एवं मूल्याङ्कनसहित अन्तिम नतिजा तयार गरी प्रेस काउन्सिल बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गरिसकेको र सोसँगै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

अन्तिम नतिजाअनुसार ९२४ पत्रपत्रिकामध्ये ८८७ वर्गीकरणमा परेका छन् । ‘क’ वर्गमा २३५, ‘ख’ वर्गमा ३४४, ‘ग’ वर्गमा २४६ र ‘घ’ वर्गमा ६२ छन् । त्यस्तै वर्गीकरणमा पर्नेमध्ये राष्ट्रियस्तरमा १५७, प्रदेशस्तरमा १७० र स्थानीयस्तरमा ५६० पत्रपत्रिका छन् ।

आवश्यक कागजात पेस नगर्ने ३० र हुबहु कायम नै रहेका ७ गरी ३७ पत्रपत्रिका वर्गीकरणमा समावेश छैनन् ।

सबै नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif