Monday, 24th August, 2026
वि.स.

 भारतको क्वारेन्टाइनमा एक नेपालीको मृत्यु

CORONA-UPDATE-1590250244.png

 भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति स्याङ्जाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय पुरुष हुन्।

जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका उनको शनिबार मृत्यु भएको बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले पुष्टि गरेका छन् ।

उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर सुनौली नाकासम्म आएपनि नेपाल तर्फबाट उनलाई बुझ्ने कोही नआएपछि उनी नेपाल प्रवेश गर्न पाएका थिएनन् । उनको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार महाराजगंज अस्पतालमा चेकजाँच गरेर पुनः क्वारेन्टाइन फर्केका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०