Sunday, 23rd August, 2026
वि.स.

‘एक चिकित्सक–एक स्वास्थ्य संस्था’ कार्यक्रम साउनदेखि लागू हुने

Nepal-1594563992.png

सरकारले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी - एक स्वास्थ्य संस्था’ कार्यक्रम आगामी आर्थिक वर्ष २०७७/७८ को शुरुदेखि लागू गर्ने तयारी गरेको छ।

यो कार्यक्रम कार्यान्वयनका लागि कार्यविधिको काम अन्तिम चरणमा पुगेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा यो कार्यक्रम समेटिएपछि कार्यविधिको मस्यौदा बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले १५ असारमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेका थिए।

समितिको कार्य अवधि असार मसान्तसम्म तोकिएकाले कार्यविधि बनाउने काम अन्तिम चरणमा पुर्‍याएको समितिका सदस्य एवं मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दीपेन्द्र अधिकारीले जानकारी दिए।

समितिले १९ असारमा यो कार्यक्रम लागू गर्दाको चुनौती, समाधानका उपाय तथा कार्यक्रमको विधि र प्रक्रियाबारे तीन दिनभित्र सुझाव दिन सार्वजनिक आह्वान गरेको थियो। जसमा करीब २०० सुझाव आएको समितिले जनाएको छ।

आएका सुझावलाई समेत अध्ययन गरेर कार्यविधिलाई टुङ्गो लगाउनेबारे छलफल भइरहेको एक सदस्यले बताए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०