nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 15th April, 2024
वि.स.
1000043965-1707579226.jpg

९ क्षेत्रको गणना जारी ५ सीटमा एमालेको अग्रता, कांग्रेस र घण्टी २-२ ठाउँमा अगाडि

matganana-1669004744.jpg

देशभर विभिन्न निर्वाचन क्षेत्रमा सुरू भएको मतगणनाको पछिल्लो अपडेटमा एमाले,कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको सुरूवाति अग्रता देखिएको छ ।

गणना सुरू भएका झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मुस्ताङका ९ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले ५ वटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । एमालेले झापा २, धनुषा ३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको छ ।

कांग्रेसले भक्तपुर २ र मुस्ताङमा अग्रता लिइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिइरहेको छ ।

झापा क्षेत्र नम्बर २ मा एमालेका देवराज घिमिरेले अग्रता लिँदा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले पछ्याइरहेका छन् ।

त्यस्तै मधेस प्रदेशमा हालसम्म धनुषा ३ को मतगणना भइरहेको छ । सो क्षेत्रमा एमालेकी जुलीकुमारी महतो फराकिलो अग्रतासहित अघि बढ्दा जनमत पार्टीका शम्भु कुमार साहले पछ्याइरहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ मा घण्टी चिन्हका उम्मेदवार गणेश पराजुली अग्रता लिँदा एमालेका श्याम घिमिरे दोस्रोमा छन् भने ललितपुरका तीन वटै क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता छ ।

ललितपुर र १ मा एमालेका नवराज सिलवाललाई कांग्रेसका उदयशम्सेरले पछ्याइरहेका छन् भने २ मा एमालेका प्रेम महर्जनलाई नेकपा एसका कृष्णलाल महर्जन र ३ मा एमालेकै अमृत खड्कालाई स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछ्याइरहेकी छन् ।

त्यस्तै कास्की २ मा स्वतन्त्र पार्टीका माधव कडेलले अग्रता लिँदा एमालेकी विद्या भट्टराई दोस्रो स्थानमा छिन् भने मुस्ताङमा कांग्रेसका योगेश गौचनले अग्रता लिइरहँदा एमालेका प्रेम तुलाचन दोस्रो स्थानमा छन् । भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले एमालेका महेश बस्नेतलाई पछि पारेर अग्रता लिएका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)