Saturday, 29th August, 2026
वि.स.

५ वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

vitamin-A-1606290010.jpg

नियमित कार्यक्रमअन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिटा खुवाउने कार्यक्रमका साथै बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिइने छ ।

६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।

२७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने  ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकाले जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ ।  भिटामिन ’ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयमसेविका सक्रियतामा दुई दिने कार्यक्रम सम्पन्न हुने छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०