Thursday, 3rd September, 2026
वि.स.

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो

Sapath-Grahan-1516516283.jpg

मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराएका हुन् ।

हेटौँडामा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका गरि १ सय १० जना सांसदहरु शपथ ग्रहण गरेका हुन् ।

यस अघि नै मकवानपुरका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेललाई प्रदेश नम्बर ३ प्रदेश प्रमुख अनुराधा कोईरालाले शपथ ग्रहण गराई सकेकी छिन् ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif