Thursday, 27th August, 2026
वि.स.

३१ किलो गाँजासहित एक जना पक्राउ

IMG_8664-1024x768-1556783382.jpg

हेटौंडा १९ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३१ किलो लागूऔषध गाँजासहित एकजना लाई पक्राउ गरेको छ । बिहिबार विहान ३१ किलो लागूऔषध गाँजासहित एक जना पक्राउ परेको हो ।

पक्राउ पर्नेमा भारतिय नागरिक बिहार मुजफ्फरपुर ८ बस्ने बर्ष २६ को राजकुमार यादवलाई रहेका छन् । उनलाई प्रहरीले हेटौंडा १५ रातोमाटेबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५ मा शंकास्पद रुपमा पार्कीङ् गरी रोकी राखेको बि आर २९७५६५ नम्बरको सुमोलाई चेकजाँज गर्दा लागू औषध फेला परेपछि सुमोसहित भारतिय नागरिकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतिय नागरिकको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif