Sunday, 30th August, 2026
वि.स.

२१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्के

corona-jitdai-1590130590.jpg

नेपालगञ्जका २१ जना कोरोना सङ्क्रमण निको भएरघर फर्किएका छन् ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १२ पुरुष र ९ जना महिला गरी २१ जना निको भएर घर फर्किएका हुन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुने ७० जना पुगेका छन्  ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ मा पहिलो सङ्क्रमण भेटिएका ६० वर्षका पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जनालाई कोरोना सङ्क्रमण निको भएपछि घर पठाइएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।

अस्पतालमा अरु ६ जनाको उपचार भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०