Saturday, 4th July, 2026
वि.स.

१८ जनाले आठ दिनमै जिते कोरोना

jumla-1591773464.jpg

 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका १८ जना कोरोना संक्रमित घर फर्किएका छन् । उनीहरु कोरोना संक्रमण पृष्टि भएको आठ दिनमै निको भएपछि मंगलबार राती घर फर्किएका हुन् । आठ दिनमै कोरोना जीतेर घर फर्किनेमा भारतबाट फर्केका स्थानीयदेखि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत रहेका छन् । 

यही जेठ १९ गते प्रतिष्ठानले सार्वजनिक गरेको पीसीआर परीक्षण रिपोर्ट अनुसार उनीहरुलाई कोरोना संक्रमण भएको पृष्टि भएको थियो ।  भारतबाट फर्केर जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयमा क्वारेन्टाइन बसेका नागरिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सबैको आरडीटी र पीसीआर परीक्षण गर्दा दुबै रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको थियो । 

आइसोलेसनमा उपचारका क्रममा चाँडै निको भएपछि १८ जनाकै पुन पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना जीतेर घर फर्कनेमा जुम्ला सिंजा गाउँपालिकाका ६ जना, हिमा गाउँपालिकाका चारजना, जुम्लामा कार्यरत पाँचजना सुरक्षाकर्मी र तीनजना स्वास्थ्यकर्मी रहेका छन् । 

कोरोना जीतेर घर फर्किएकालाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगायत सरोकारवाला निकायको टोलीले खादा र मालासहित विदाइ गरेका हुन् । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०