Friday, 28th August, 2026
वि.स.

१३ हजार २ सय ७४ ले कोरोना विरुद्धको खोप लिए मकवानपुरमा

khop-1615624497.jpg

फागुन २३ गते आईतबारबाट जेष्ठ नागरिकलाई खोप लगाउन सुरु भएकोमा पछिल्लो २४ घण्टामा जिल्लामा १२ सय ५४ जनाले खोप लगाएको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।

हाल ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम भईरहेको छ ।यसअघि माघ १४ गतेदेखि पहिलो चरणमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्था कर्मचारी, पत्रकारलगायतलाई खोप दिइएको थियो ।

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भइरहेको छ ।

मकवानपुरमा हालसमम ३ हजार ८ सय ९० जनालाई कोरोना पुष्टि भएकोमा हालसम्म ३ हजार ८ सय ५४ जना संक्रमण मुक्त भईसकेका छन् । मकवानपुरको हेटौंडामा आजको दिनमा ४ जना संक्रमित होम आइसोलेसनमा उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म कारोनाको कारण ३२ जनाको ज्यान गएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif