Thursday, 27th August, 2026
वि.स.

१२ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

hattipaele-1617262828.jpg

हात्तीपाइले रोगको जोखिममा रहेका १२ जिल्लाका नागरिकलाई आजदेखि आम औषधि खुवाइँदैछ । १२ जिल्लाका ७० लाख ४५ हजार नागरिक हात्तीपाइले रोगको जोखिममा छन् ।ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा९ईडिसिडि०का अनुसार झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा औषधि खुवाइदैछ । 

आम औषधि कार्यक्रममा ५४ सय स्वास्थ्यकर्मी तथा ९५ सय महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन हुनेछन् ।  हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिन्छन् र  लक्षण देखिसकेपछि निको पार्न सकिदैन ।  

हात्तीपाइले रोगबाट ग्रस्त भएका ७१ देशमध्ये २१ वटा देशले नागरिकलाई आम औषधि खुवाइरहेको छ । अहिले ८५ करोड भन्दा बढी मानिस यस रोगको जोखिममा छन् । 

सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । वर्षको एक पटक लगातार ६ वर्ष सम्म हात्तीपाइले रोग बिरुद्धको औषधि खानुपर्दछ । तर यो औषधि खाली पेटमा खानुहुँदैन ।

दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुदैन । 

हात्तीपाइले रोग विरुद्धको औषधि नखाँदा हाइड्रोसिलको समस्या धेरै हुने गरेको पाइएको छ । हात्तीपाइले रोगका कारण विश्वमा हाल अढाई करोड पुरुषमा अण्डकोष सुन्निने ९हाइड्रोसिल०को समस्या रहेको छ  ।

ईडिसिडिका अनुसार नेपालमा अहिले ११ हजार हाइड्रोसिलका बिरामी छन् भने ६ हजार जनाको खुट्टा सुन्निएको छ। मसिनो धागो जस्तै तीन प्रजातीका जुकाले हात्तीपाईले रोग गराउँदछ । यी जुकाहरु २० वर्षसम्म मानिसको शरीरमा जीवित रहन्छन् । जुकाबाट संक्रमित लामखुट्टेको टोकाईले हात्तीपाइले रोग मानिसमा सर्दछ ।  

यो रोगको संक्रमणबाट शरीरका अंगहरु बिस्तारै सुन्निन थाल्छन् । विश्वमा हातखुट्टा सुन्निएर अपांगता भएका मानिसको संख्या १ करोड ५० लाख रहेको छ । अझै पनि ५० देशका ८५ करोड मानिस यो रोगको जोखिममा छन् । यो जोखिमलाई रोक्न विश्वमा ६७ अरब मात्रा औषधी खुवाइएको छ । 

नेपालमा पनि हात्तीपाईले रोग विरुद्ध औषधि खुवाउनु अगाडि ६३ जिल्लाका २ करोड ५० लाख मानिस यो रोगको जोखिममा थिए । अहिले यो संख्या घटेर ७४ लाख ६१ हजारमा झरेको छ । यो संख्या घटाउन सरकारले सन् २००३ देखि हालसम्म ११ करोड भन्दा बढी मात्रा औषधि मानिसलाई खुवाइसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif