Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

होम क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

qurentine-1584343556.jpg

सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अर्थात होम क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ ।

कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट फर्किएकालाई १४ दिन आफ्नै घर वा होटलमा छुट्टै बस्न अनिवार्य गरिएको हो ।  

विदेशबाट फर्कनेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरिन्छ । त्यहाँ ज्वरो देखियो भने सिधै अस्पताल पुर्याइन्छ। ज्वरो नदेखिएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिइन्छ । 

होम क्वारेन्टाइनको लागि विमानस्थलमै एउटा फारम भनुपर्छ ।  फारममा  कहाँ बस्ने रु कसरी बस्ने रु एक्लै बस्ने कि साथीसँग बस्ने लगायतका सबै कुरा खुलाएर भर पर्नुपर्छ  । त्यसैको आधारमा सरकारी निकायले उनीहरुको अनुगमन गर्ने व्यवस्था गरिएको छ ।  

होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने 

१। हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्ने ।

२। छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने  ।  यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा  गर्ने  ।

३।  आफू बस्ने कोठा आफैं सफा गर्ने ।

४। घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गर्ने । 

५।  स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने । 

६।  नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने । 

७। आफूले  प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने ।  

८।  अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने ।

९। अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटरको दूरी राख्ने र  अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने ।

१०। खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले छोप्ने नाकमुख छोप्ने ।

११।  आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने ।   

१२ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने  र आवश्यक सहयोगको लागि सधैं तयार रहने  ।

१३। क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र दिईएको फारममा रेकर्ड राख्ने । निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने  ।

१४। कुनै पनि स्वास्थ्य समस्या देखिएमा वा क्वारेन्टाइनमा बस्दा अरु केही समस्या भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरूअनुरूप गर्ने । 

१५। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पूर्व अनुमति बिना क्वारेन्टाइन स्थानभन्दा बाहिर नजाने । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई प्रमुख सागर दाहालसँगको कुराकानीमा आधारित



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

qurentine-1584343557.jpg