Wednesday, 26th August, 2026
वि.स.

हेटौंडा र भिमफेदीको दुर्घटनामा दुईजनाको मृत्यू

मकवानपुरको हेटौंडा– १० र भीमफेदी –६ माण्डुमा भएको भिन्दा भिन्दै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

९ असोज बिहान भिमफेदी गाउँपालिका माण्डुस्थित भित्रि सडकमा ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर पल्टिदा चालकसहित एक जनाको मृत्यु भएको छ । अरु तीन जना घाईते भएका छन् । मुत्यु हुनेमा भिमफेदी ३ वस्ने उमेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा भिमफेदी ३ बस्ने १८ बर्षीय दुर्गा कार्की, २० बर्षीय राजु बस्नेत र सोही ठाउँ बस्ने १७ बर्षीय राजिव पोखरेल रहेको र घाइते तिनै जनाको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ९ असोज बिहान सिलगुडीबाट काठमाडौं तर्फ जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको यात्रु बसले ठक्कर दिदा मुत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मुत्यु हुनेमा हेटौंडा ११ डेरा गरी बस्ने चश्म भक्त श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । श्रेष्ठको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif