Saturday, 15th August, 2026
वि.स.

हेटौंडा गोल्डकपको उपाधि आर्मीलाई

हेटौँडामा भएको हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । आर्मीले ट्राईब्रेकरमा नेपाल पुलिस क्लबलाई ४/३ को गोल अन्तरले पराजित गरेको हो । हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको फाईनल भिडन्तको निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको हो ।

जितसँगै आर्मीले ५ लाख प्राप्त गरेको छ भने उपविजेता पुलिसले ३ लाख नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । सुमन भोम्जन स्मृति प्रतिष्ठान हेटौँडाको आयोजनामा भएको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी आर्मीका डिफेण्डर विमल पाण्डे घोषित भए । उनले नगद ५० हजार प्राप्त गर्दा उत्कृष्ट गोलकिपर आर्मीका विकेस कुथु, उत्कृष्ट डिफेन्डर पुलिसका दिनेश राजवंशी, उत्कृष्ट मिडफिल्डर पुलिसका तेज तामाङ, उत्कृष्ट फरवार्ड पुलिसका अभिमन्यु रिजाल तथा उत्कृष्ट टिमकोच आर्मीका नविन न्यौपाने घोषित भए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif