Thursday, 3rd September, 2026
वि.स.

हेटौंडा उपमहानगरले इजलास सुरु गर्‍यो

हेटौंडा उपमहानगरपालिकामा गठित न्यायिक समितिले इजलास सुरु गरको छ । स्थानीय तहमा कानुनी अधिकार प्रत्यायोजन गरेपछि उपमहानगरपालिकाले जिल्लामै पहिलो पटक इजलास शुरु गरेको हो । अदालत पुग्नुपूर्व उपमहानगरपालिकाका उपमेयरको संयोजकत्वमा गठन भएको समितिले १४ फागुनबाट इजलास सञ्चालनमा ल्याएको हो ।

इजलासले १४ फागुनमै नै सम्बन्ध बिच्छेदका लागि परेको मुद्धाको फैसला गरेको छ । उपमहानगरपालिकामा न्यायिक समितिको १४ फागुनमा भएको पहिलो इजलासले  २२  कात्तिक ०७४ मा सम्बन्ध बिच्छेद सम्बन्धी परेको मुद्दाका बादीप्रतिबादीलाई उपस्थित गराएर मेलमिलाप गराएको छ । 

स्थानीय तहमा कानुनी अधिकार प्रत्यायोजन भएपछि समितिले अधिकार प्राप्त उपमहानगरपालिकाले हेर्ने २४ वटा मुद्धा मध्ये १३ वटा विषयमा सुनुवाई गर्नेछ भने ११ वटा बिषयमा मेलमिलाप गराइने संयोजक लामाले बताइन् । न्यायिक इजलासले गरेको फैसलाप्रति चित्त नबुझेमा पुनराबेदनको लागि अदालतमा समेत जान सकिने छ । न्यायिक समितिमा हालसम्म १० वटा विषयमा उजुरी दर्ता भएको समितिले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकामा गठित न्यायिक इजलासले साताको एकदिन हरेक शुक्रबार इजलास सञ्चालन गर्ने बताइएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif