Wednesday, 26th August, 2026
वि.स.

हेटौंडा अस्पतालमा क्यान्सर परिक्षण सुरु

hetauda-hospital-1618465342.jpg

 हेटौंडा अस्पतालमा क्यान्सर रोग पत्ता लगाउनका लागि परिक्षण सुरु गरिएको छ । शरिरका बिभीन्न भागमा क्यान्सर छ की छैन भनेर पत्ता लगाउनका लागि परिक्षण सुरु गरिएको अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले बताए। अस्पतालमा ल्याबोएटोरी मेसिनका माध्यमले क्यान्सर पत्ता लगाउन सुरु गरिएको हो ।

रगतका माध्यमले गरिने यो परिक्षणबाट महिलाको पाठेघरमा, अण्डकोषमा र पुरुषको प्रोस्टेड परिक्षणका लागि काम सुरु गरिएको उनले बताए। 

रगतका माध्यमले पत्ता लगाइने क्यान्सर जचाउन आउने सेवाग्राहीलाई अस्पतालले सस्तोदरमा सेवा दिएको उनले बताए । सरकारी अस्पताल बाहिर परिक्षण गर्दा तेब्बर मुल्य तिर्नुपर्ने बाध्यता भोग्दै आएका सेवाग्राहीका लागि यो सेवा प्रभाबकारी हुने डाक्टर श्रेष्ठले बताए। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif