nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल गोर्खा ब्रुअरीजले प्रायोजन गर्ने 

टौंडामा आयोजनामा हुने दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा गोर्खा ब्रुअरीजले प्रायोजन गर्ने भएको छ । 

आउँदो पुस १४ गतेबाट २३ गतेसम्म सञ्चालन हुने हेटौंडा गोल्डकपका लागि आगामी तीनवर्षसम्म गोर्खा ब्रुअरीजले प्रायोजकको भूमिका निर्वाह गर्ने मंगलबार सम्झौता भएको छ ।
 
हेटौंडा–१० स्थित फरेष्ट्रीको खेल मैदानमा हुने प्रतियोगितामा नेपालका चर्चित छवटा ‘ए’ डिभिजन क्लबसहित तीन विदेशी क्लबले सहभागिता जनाउने बताइएको छ ।