Wednesday, 2nd September, 2026
वि.स.

हेटौंडालाई स्थायी राजधानी बनाउन नेकपाकै कसरत, नाम बागमती प्रदेश

मकवानपुरको हेटौँडा प्रदेश–३ को राजधानी हुने तोक्ने कसरत शुरु भएको छ । हेटौंडालाई प्रदेश नंबर ३ स्थायी राजधानी बनाउन नेकपा सांसदहरु जुटेपछि अब हेटौंडालाई स्थायी रुपमै राजधानी बन्ने भएको हो । छठ पछि बस्ने प्रदेशसभा बैठकमा नेकपाको तर्फबाट सर्वसम्वत हेटौँडालाई राजधानीको लागि प्रदेशसभामा प्रस्ताव हुने बुझिएको छ । 

यसअघिदेखि नै मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा नै स्थायी राजधानी बनाउन तयारी प्रतिक्रिया दिदै आएका थिए । त्यस्तै प्रदेशको नाम बागमती राख्ने करिब सहमती जुटेको थाहा भएको छ । 

नेकपाले सर्वसम्वत विवादरहित ढंगबाट हेटौँडालाई राजधानी तथा नामकरणमा वागमती गर्ने अन्तिम तयारी गरिसकेको बताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif