Thursday, 3rd September, 2026
वि.स.

हेटौंडामा भएको प्रदेशसभा बैठकले गर्यो यस्तो निर्णय

हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले संसद सञ्चालनको लागि पाँच जना सदस्यहरुको चयन गरेको छ । त्यस्तै माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गरेको छ ।

१८ माघ दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्यविधी पनि पारित गरेको छ । 

पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif