Wednesday, 26th August, 2026
वि.स.

हेटौंडामा दुर्घटना दुईजनाको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्कीदा दुईजनाको ज्यान गएको छ । १५ साउन साँझ भएको दुर्घटनामा परि घाइते भएका दुबै जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

हेटौँडाबाट बसामाडी तर्फ जाँदै गरेको ना३८प ५३३२ नम्बरको मोटरसाइकल र चितवन बाट हेटौँडा तर्फ आउँदै गरेको ना६ख १५०० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–३ बसामाडि लेवटमा एक आपसमा ठोक्कीएको थियो ।

मोटरसाईक र ट्रक एक आपसमा ठोक्कीदा मोटरसाईकलमा सबार सौरभ सुबेदी तथा अस्मित सुनारको मृत्यु भएको हो । सुनारको चितवन स्थित पुराने मेडीकल कलेज तथा सुवेदीको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif