Thursday, 3rd September, 2026
वि.स.

हेटौंडामा अनेरास्ववियु मकवानपुरले प्रधानमन्त्री देउवाको पुत्ला जलायो

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु मकवानपुरले  प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी पेट्रोलियम पद्धार्थमा मूल्य बृद्धीले बिद्यार्थीलाई परेको मार तथा निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्ट गरिएकोमा आन्दोलन गरेको थियो ।

१८ पौषमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी र प्रहरी बीच राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा झडप भएको होे। झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलालगायत केही नेता कार्यकर्ता गम्भीर घाइते भएका थिए । सरकार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्ट रहेको अनेरास्ववियुका कार्यकर्ताको प्रदर्शनका क्रममा झडप भएको थियो ।प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।

सरकारले विधार्थी भावना बिचारलाई दमन गरि आन्दोलनलाई हिंसाको रुप लिएको भन्दै अनेरास्ववियु मकवानपुरले सरकारमा रहेको प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif