Friday, 28th August, 2026
वि.स.

हेटौंडामा अत्याधुनिक ल्याब संचालनमा

lab1-1610443415.jpg

 २ करोड लगानीमा हेटौंडामा सुविधासम्पन्न ल्याब संचालनमा आएको छ । जुन सुकै किसिमका परिक्षण गर्न सकिने क्वालिफाइड रिफरेन्स ल्याबरोटरी  (QRL)  ल्वाब सोमबारबाट संचालनमा ल्याइएको ल्याबका प्रवन्ध निर्देशक उत्सव चौलागाईंले बताए । चौलागाईंका अनुसार अब बायोस्पी (सानो मासुको टुक्रा निकालेर गरिने जाँच) समेत यहि हुने भएको छ । मकवानपुरमा बायोस्पी जाँच हुने यो पहिलो ल्याब हो ।

ल्याबमा महिलाको पाठेघरमा हुने क्यान्सर, छातीमा हुने क्यान्सर, थाइराइड, भिटामिन डी,क्याल्सियम लगायत हेटौंडामाजांच हुन नसक्ने गरेका परिक्षणहरु पनि अब क्वालिफाइड रिफरेन्स ल्याबरोटरीमा जांच हुने बताइएको छ ।

ल्याबमा प्याथालोजिस्ट तथा दक्ष जनशक्तिहरुले २४ सै घण्टा सेवा दिने र जतिसक्दो चाडो रिपोर्ट दिने व्यवस्था मिलाइएको निर्देशक चौलागाईंले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif