Sunday, 23rd August, 2026
वि.स.

हेटौंडाबाट पाँच केजी अफिम सहित मोटरसाइकल वरामद

baramad-1594551167.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट प्रहरीले लागूऔषध अफिम सहित मोटरसाइकल समेत वरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा पाँच केजी अफिम र अफिम ओसार्न प्रयोग गरिएको पल्सर मोटरसाइकल वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिए।

नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको उहाँले वताए । अफिम ओसार्ने दुइजना भने फरार रहेका छन् ।

प्रहरीको चेकिङ टोली देखेपछी उक्त अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगल तर्फ भागेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौँरले बताएका छन ।उक्त अफिमको बजार मुल्य ५ लाख भएको र भागेकाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताएका छन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०