Wednesday, 26th August, 2026
वि.स.

हेटौंडाको सूचना प्रविधि केन्द्रको रिकभरी सेन्टर सञ्चालन

Data-Center-1557917248.jpg

काठामाडौंमा मात्र रहेको नेपालको एकमात्र सूचना प्रविधि केन्द्र (डाटा सेन्टर)को विकल्पको रुपमा हेटौंडामा डिजास्टर रिकभरी सेन्टर सञ्चालन गरिएको छ। दक्षिण कोरियाको कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत ४.६ मिलियन डलर सहयोगमा उक्त डाटा सेन्टर स्थापना गरिएको हो।

आठ कट्ठा चार धुर जमिनमा २०७२ असोज १३ गतेदेखि निर्माण सुरु गरिएको उक्त भवन २०७३ पुस १६ गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो। तर २०७२ को भूकम्प, नाकाबन्दीलगायत समस्याले समयमै निर्माण सम्पन्न गर्न नसकिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले बताए।

भौगोलिक विकटता, प्राकृतिक बिपत्ति, आगलागी, भूकम्पलगायत कारण सरकारी सूचना र तथ्यांक सुरक्षित गर्न डिजास्टर रिकभरी सेन्टर सञ्चालन गरिएको कार्यकारी निर्देशक पौडेलले बताए। उनका अनुसार सबै सरकारी कार्यालयले प्रयोग गर्न मिल्ने गरी राष्ट्रियस्तरमै उच्चस्तरको डाटा सेन्टर सञ्चालनमा ल्याइएको छ। नेपाल र कोरिया सरकारबीच २०७१ वैशाख ३१ गते डाटा सेन्टर निर्माण गर्ने सम्झौता भएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif