Thursday, 27th August, 2026
वि.स.

हेटौंडाको चुरेमा सवारी दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यू

Accident-1563867475.jpg

हेटौंडा १५ चुरियामाइ नजिकै सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बाराबाट हेटौडातर्फ आइरहेको भारतीय नम्बरको ट्रकसँग एउटा मोटरसाइकल,एउटा अटो र एउटा टाटा सुमो ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी पाँच जना घाइते भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए । उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ । 

एमएल ०१ बि ८०३१ नम्बरको भारतीय ट्रकले नम्बर खुल्न नसकेको तीन सवारीलाई ठक्कर दिएको एसपी सिंहको भनाई छ । दुर्घटनामा परी ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif