Sunday, 23rd August, 2026
वि.स.

हेटौँडा दुर्घटनामा ३ जना घाइते (हेर्नुहोस् घाइतेको नामावली)

Accident-1592930369.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८ रामधुनीमा बा ७ च ५८२९ नम्बरको हाइलक्स गाडिको ठक्करबाट ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय ३५ बर्षीय देवेन्द्र घिमिरे, २२ बर्षीय केशब घिमिरे र ५ बर्षीय बालक संविधान बानियाँ रहेका छन् ।
उनीहरुलाई उपचारको लागि हेटौँडा ११ थानाभर्याङस्थित चुरेहिल अस्पताल लगिएको छ । स्थानीयको अनुसार हाइलक्स गाडिले पहिला बालकलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएर भाग्ने क्रममा गाडिले ना २७ प ३१७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । सो गाडि कालिका कन्स्ट्रक्सनको भएको बुझिएको छ । गाडिले ठक्कर दिएपछि आक्रोशित बनेका स्थानीयले ढुंगामुढा गर्नुको साथै प्रहरी चौकी ठुलोदमारमा समेत तोडफोड गरेका छन् ।

भिड नियन्त्रणका लागि घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०